तपाईँ सुन्दै हुनुहुन्छः

नदीमा डुबेर एकजनाको मृत्यु

जनकपुरधाम । नेपाल भारतको सीमाना कोरोनाका कारणले बन्द रहेका कारणले धनुषाको सीमावर्ती भारतीय गाउँका नागरिक नदीको बाटो भएर रक्सी खाई पुनः भारत फर्किन खोज्ने एक जनाको डुबेर मृत्यु भएको छ ।

धनुषाको धनौजी गाउँपालिकाको हरिने हरलाखी बोर्डर भएर वग्ने नदी रक्सी सेवन गरेका कारणले तर्न नसक्दा भारतको विहार राज्यको मधुबन्नी जिल्लाको हरलाखी बस्ने ५५ वर्षीय नरेश साहको डुबेर मृत्यु भएको हो ।

सिमा क्षेत्रमै खोलिएको होटेलमा रक्सी खाएर फर्किदै गर्दा नदीमा डुबेर उनको मृत्यु भएको स्थानीय बासीले जानकारी दिएका छन् ।

पछिल्लो समय सो नदीमा पानीको बहाब बढेपछि धनौजी भररिया स्थित रहेको नेपाल भारत सिमामा भारतीय एस एस बीले त्यहाँबाट आवतजावतमा रोक लगाएको छ ।

तैपनि, रक्सीले मातेका उनी सोही बाटो भएर घर फर्किने प्रयास गरेका बेलामा नदिमा डुबेका थिए ।

स्थानीयले उनको शव पानीमा डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगत्तै भररिया प्रहरी चौकीका प्रहरी चौकीवाट खटेका टोलीले शवलाई नदीबाट निकालेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button