तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

 चितवन- भरतपुर अस्पतालमा उपचाररत एक पुरुष कोरोना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा कालिका नगरपालिका ७ जुटपानीका ६२ बर्षिय पुरुष रहेका छन । उनको आज विहान ६ः३५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।

ती पुरुष असोज १६ गते कोरोना संक्रमण सहित भरतपुर अस्पतालको कोभिड आइसियूमा भर्ना भएका थिए । उनमा खोकी र स्वासप्रश्वासको समस्या देखिए पछि अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button