समृद्धिका लागि प्राविधिक र व्यवहारिक शिक्षामा जोडः मन्त्री पोखरेल
महोत्तरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकको समृद्धिका लागि सरकारले प्राविधिक र व्यवहारिक शिक्षामा जोड दिएको बताउनु भएको छ ।
महोत्तरीको बर्दिवासमा आज नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको प्रदेश नं २ स्तरीय शाखा कार्यालय उद्घाटन गर्नुहुँदै मन्त्री पोखरेलले सबै स्थानीय तहमा प्राविधिक शिक्षा पुर्याउने उद्धेश्य अनुसार हालसम्म ६ सय ३७ पालिकामा प्राविधिक शिक्षाको पठनपाठन थालिइसकेको बताउनुभयो ।
पछिल्लो समय कोरोना संक्रमणका कारण विद्यालय सञ्चालनमा ल्याउने अवस्था नरहेको हुँदा शिक्षकले विद्यार्थीसँग घरघरै सम्पर्क बढाएर वैकल्पिक सिकाइका अभ्यास गराउनुपर्ने मन्त्री पोखरेलले बताउनुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्