जुम्ला अस्पतालमा अत्याधुनिक सेवा सहितको एम्बुलेन्स
जुम्ला । भारतीय राजदुतावासले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई अत्याधुनिक सेवा सहितको एम्बुलेन्स प्रदान गरेको छ ।
शिक्षण अस्पताल जुम्लालाई नेपालमै पहिलो अत्याधुनिक सेवा सहितको आधुनिक प्रविधि युक्त एम्बुलेन्स प्रदान गरेको हो ।
करिब ६८ लाख २४ हजार मुल्य बरारबरको आधुनिक प्रविधि युक्त एम्बुलेन्स १ सय ५१ औँ गान्ती जयन्तीका अबसरमा भारतीय राजदुतावासले अनुदानमा दिएका तीन अत्याधुनिक सेवा सहितका एम्बुलेन्स मध्य एक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एम्बुलेन्स प्रदान गरिएको छ ।
राजदूतावासले यो वर्ष पहिलोपटक तीन प्रकारका एड्भान्स, बेसिक र कमन लाइफ सपोर्ट श्रेणीका एम्बुलेन्स प्रदान गरेको जनाएको छ । दूतावासका अनुसार तीनै प्रकारका एम्बुलेन्स नेपाल सरकारको मापदण्डअनुसार निर्माण गरिएका छन् ।
सुविधा सम्पन्न एम्बुलेन्सका लागि दुतावाससँग लामो समयदेखि भईरहेको माग पश्चात् दुतावासले अत्याधुनिक सेवा सहित एम्बुलेन्स प्रदान गरेको प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मंगल रावलले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्