तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरमा कोरोना सङ्क्रमणका कारण थप एक पुरुषको मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीका एक जना कोरोना सङ्क्रमित पुरुषको आज मृत्यु भएको छ ।

घरमै आइसोलेसनमा बसेका ५० वर्षीय पुरुषको पाटन अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको परिवारलाई उधृत गर्दै स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।

पाँच दिनअघि कोरोना पुष्टि भएका पुरुष निमोनियाका पुराना बिरामी भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कर्मचारीसमेत रहेका उनलाई शुक्रबार साँझ श्वासप्रश्वासमा समस्या भएर अवस्था जटिल बनेको बताइएको छ ।

यसअघि भक्तपुर अस्पतालमै उपचारत कोरोना सङ्क्रमित एक महिलाको शुक्रबार र एक पुरुषको बिहीबार मृत्यु भएको थियो ।

हालसम्म भक्तपुरमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेहरुमा १० महिला र २१ पुरुष रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button