तपाईँ सुन्दै हुनुहुन्छः

झापामा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु

झापा । झापामा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।

सङ्क्रमणबाट दमक–७ की एक बृद्धा महिलाको आज विहान मृत्यु भएको हो । योसँगै झापामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या नौं पुगेको छ ।

विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ६८ वर्षीया ती महिलाको आज विहान मृत्युु भएको हो । केही दिनदेखि ज्वरोसँगै श्वासप्रश्वासमा समस्या भएपछि उनी पाँच दिनदेखि कोभिड उपचार केन्द्रमा उपचारत थिइन् ।

यसअघि दमक–१ का एक ५८ बर्षीय सङ्क्रमित पुरुषको पनि काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button