तपाईँ सुन्दै हुनुहुन्छः

असोज २१ देखि सिमरामा यतीको नियमित उडान हुने

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक संस्था यती एयरलाइन्सले १२ वर्षपछि यही असोज २१ देखि सिमरामा नियमित उडान गर्ने भएको छ ।

एयरलाइन्सले आफ्नो २२ औँ वार्षिकोत्सवका अवसरमा नयाँ गन्तव्यको रुपमा सिमरा पुनः उडान सञ्चालन गर्ने घोषणा गरेको छ ।

सन् २००८ मा काठमाडौँ–सिमरा उडान भरेको यती एअरलाइन्सले १२ वर्षपछि आगामी असोज २१ देखि बाराको सिमरा विमानस्थलमा उडान भर्न लागेको हो । सिमरा यतीको नवाँै उडान गन्तव्य हो ।

एअरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाले कोभिड–१९ को सङ्क्रमणको समयमा उच्च सर्तकता अपनाएर सिमरा उडान गर्न लागेको जानकारी दिनुभयो ।

यतीले सिमरामा जेटईस्ट्रीम–४१ विमानमार्फत प्रत्येक दिन विहान ९.०० बजे र साँझ ४.४५ बजे काठमाडौंदेखि उडान भर्दैछ । एअरलाइन्सका बिक्री तथा बजार निर्देशक शरल एस जे वि राणाका अनुसार यात्रुहरुको माग बमोजिम पुनःसेवा प्रारम्भ गर्न लागेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button