लकडाउनको निर्णण नगर्न सरकारलाई निजी क्षेत्रको आग्रह
काठमाडौं । निजी क्षेत्रले लकडाउनको निर्णय नगर्न सरकारसँग आग्रह गरेको छ । राष्ट्रिय व्यवसायिक पहल (एबीआई)को नेतृत्वमा पुगेको उद्योगी–व्यवसायीहरुको टोलीले शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भेटेर लकडाउन नगर्न आग्रह गरेको हो ।
लामो समय बन्दाबन्दी हुँदा अर्थतन्त्र डामाडोल भएको र अझै लकडाउन गर्ने हो भने अर्थतन्त्र नराम्रोसँग तल झर्ने भन्दै उद्योगी–व्यवसायीहरुले अब लकडाउन गर्नु आत्मघाती निर्णय हुने बताएका थिए ।
छलफलपछि स्वास्थ्यमन्त्री ढकालले अब लकडाउन गर्ने पक्षमा सरकार नरहेको र कोरोना नियन्त्रण गर्न सबै पक्ष एकजुट हुनु पर्ने धारणा राख्दै लकडाउनको विकल्प खोज्ने पक्षमा सरकार रहेको बताउनु भयो ।
स्वास्थ्य मन्त्री ढकालले कोभिड १९ को नियन्त्रण र आर्थिक गतिविधिलाई सुचारु गर्न निजी क्षेत्रबाट प्राप्त सुझावलाई स्वास्थ्य मन्त्रालयले गम्भीरतापूर्वक लिएको र यसको कार्यान्वयनका लागि सम्बन्धित सबै निकायसँग सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको राष्ट्रिय व्यवसायिक पहलले जनाएको छ ।
भेटमा एनबीआईका अध्यक्ष कुशकुमार जोशीले कोरोना महामारी नियन्त्रणको लागि सरकारले जारी गरेको ६ महिना भन्दा लामो लकडाउनका कारण सम्पूर्ण व्यवसायिक क्षेत्र धरासायी भएको बताउँदै मुलुकले अब थप अनिश्चितकालीन बन्द थेग्न नसक्ने भन्दै यसको विकल्पमा ध्यान दिन सरकारसँग आग्रह गर्नु भयो ।








प्रतिक्रिया राख्नुहोस्