तपाईँ सुन्दै हुनुहुन्छः

१५ किलो लागुऔषध चरेस बरामद

बारा । सशस्त्र प्रहरी बाराले बरैनियाबाट १४ किलो लागुऔषध चरेस बरामद गरेको छ ।

जिल्लाको बोडर आउट पोष्ट (बीओपी) बरैनिया बाट १४ किलो लागूऔषध चरेश बरामद गरेको सशस्त्र प्रहरी नायब उपरिक्षक निरञ्जन भण्डारीले जानकारी दिनुभयो ।

बिश्रामपुर गाउँपालिकाबाट गएराती अबेर १० बजे बलिरामपूर नाका हुँदै भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरी निरीक्षक होमबहादुर खत्रीको कमाण्डको टोलि चरेस पक्राउ गरेको थियो ।

प्रहरीको टोलिला देखेर लागुऔष कारोवारीहरु चरेस फालेर भारततर्फ भागेको सशस्त्र प्रहरी नायव उपरिक्षक भण्डारीले बताउनुभयो ।

बरामद चरेशका बारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कार्यालय बाराको जिम्मा लगाइएको सशस्त्र प्रहरी कार्यालय बाराले जनाएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button