तपाईँ सुन्दै हुनुहुन्छः

गढीमाई साझेदारी बन पथलैयाको कार्यालयको भवन निर्माण सम्पन्न

बारा । बाराको गढीमाई साझेदारी बन पथलैयाले १ करोड २६ लाखको लागतमा आफ्नो कार्यालय भवन निर्माण गरेको छ । गढीमाई साझेदारी बन व्यवस्थापन समितिका अध्यक्ष गणेशजी प्रसाद साहले आज हिन्दु परम्परा अनुसार पूजापाठ गरी भवनको उद्घाटन गर्नुभएको छ ।

साझेदारी बनले पुरै आफ्नै आर्थिक लगानीमा भवन निर्माण गरेको अध्यक्ष साहले जानकारी दिनुभयो । कार्यालय भवनमा दश वटा कोठा र एउटा सभा हल रहेको छ । भवन बनाउन करिब दुई वर्ष लागेको गढीमाई साझेदारी बनका लेखा अधिकृत नरेन्द्र झाले जानकारी दिनुभयो । उद्घाटन समारोहमा गढीमाई  साझेदारी बनका अध्यक्ष  गणेशजी प्रसाद साहले भवनको प्राङगनमा आँपको बिरुवा लगाएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button