तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा उपचाररत कोरोना संक्रमितको मृत्यु


चितवन । चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका–११ का ७६ बर्षीया महिलाको मृत्यु भएको हो ।

ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि असोज १० गते अस्पताल भर्ना हुनुभएकी उहाँमा असोज १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । आकस्मिक कक्षमा उपचारका क्रममा उहाँको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button