तपाईँ सुन्दै हुनुहुन्छः

धान थ्रेसिङ गर्ने क्रममा कपाल बेरिएर एक जना महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुरमा धान थ्रेसिङ गर्ने क्रममा एक जना महिलाको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका वडा नम्बर ७ रैकवारमा धान थ्रेसिङ गर्दा मेसिनमा परेर ४५ वर्षीया लक्ष्मी साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान धान थ्रेसिङ गर्ने क्रममा थ्रेसिङ मेसिनमा कपाल बेरिएर महिलाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button