तपाईँ सुन्दै हुनुहुन्छः

भन्सार छलेर ल्याइएको सुर्तीजन्य समान बरामद

कञ्चनपुर । सशस्त्र प्रहरीले भन्सार छलेर ल्याइएको सूर्तीजन्य समान बरामद गरी भन्सार कार्यालयलाई बुझाएको छ ।

पुनर्वास नगरपालिका–७ परासनबाट अवैध रुपमा भित्रिएको एक लाख ३९ हजार बराबरको समान बरामद गरिएका हो ।

बरामद समानला गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको छ । ती समानमा सुपर पावर सुर्ति, तोता बिडी, स्याम्पू, सलाई र गुटका लगायतका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं.३५ गण हेड क्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र सिंह चैसिर कमाण्डको टोलीले सशस्त्र प्रहरी बल नेपाल बिओपी पुनर्वासको टोलीसँग सहकार्य गरी उक्त समान बरामद गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button