पाल्पामा गोठबाट लडेर एक जनाको ज्यान गयो
पाल्पा । पाल्पाको रैनादेवी छहरा गाँउपालिका–४ म्यालढापमा गोठबाट लडेर एक जनाको ज्यान गएको छ ।
रैनादेवी छहरा गाँउपालिका–४ म्यालढाप बस्ने बर्ष ७२ का सोमानसिंह सोमैको ज्यान गएको हो ।
आफ्नै दुई तले कच्चि गोठको माथिल्लो तलामा सुतेकोमा उनी शुक्रबार बिहान ०६ः०० बजे माथिबाट लडी गोठको अगाडी भैंसीको भकारोमा मृत अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्