कप्तान र प्रशिक्षकसँग छलफल गरेर सुझाव सहितको नयाँ वर्गीकरण प्रतिवेदन बोर्ड बैठकमा पेश गर्न क्यानको निर्देशन
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले असोज ६ गते गरेको महिला तथा पुरुष क्रिकेट खेलाडीको बर्गिकरण परिमार्जन गर्ने बताएको छ ।
पुरुषमा १८ र महिलामा १९ खेलाडीको बर्गिकरण गर्दा केहि खेलाडी छुटेपछि क्यानको ठुलो आलोचना भएको थियो । जसका कारण क्यानले पछिल्लो बर्गिकरणलाई फेरी सच्याउने बताएको छ । क्यानले पहिलो पटक महिला खेलाडीको बर्गिकरण गरेर मासिक तलवमा राखेको थियो । तर टिममा नभएका खेलाडीलाई बर्गिकरणमा राखेको भन्दै आलोचना भएको थियो । क्यानले बिहीबार खेलाडी वर्गीकरण निर्धारण समितिलाई टिमका कप्तान, प्रशिक्षकसँग छलफल गरेर सुझाव सहितको नयाँ वर्गीकरण प्रतिवेदन बोर्ड बैठकमा पेश गर्न निर्देशन दिएको छ ।
गत असोज ६ गते चितवनको भरतपुरमा बसेको क्यानको बोर्ड बैठकले पुरुष तथा महिला खेलाडीको वर्गीकरणलाई पारित गरेको थियो । संघका कोषाध्यक्ष रोशन कुमार सिंहको नेतृत्वमा रहेको समितिले बनाएको वर्गीकरणको चौतर्फी विरोध भएको थियो । क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) ले वर्गिकरणमा भएको निर्णय पुनर्विचार गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र समेत बुझाएको थियो ।








प्रतिक्रिया राख्नुहोस्