नेप्सेमा सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ ।
केही दिन यता सुस्त देखिएको शेयर बजारमा बिहीबार नेप्से परिसूचक २०.६१ अंकले बढेर १५७१.०४ विन्दुमा पुगेको छ ।
बिहीबार १९३ कम्पनीका २ अर्ब ८० करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छन् । बुधबार १ अर्ब ९५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको थियो ।
बिहीबार कारोबारमा आएका १२ उपसमूहमध्ये हाइड्रोपावर र म्युचुअल फण्ड उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ ।
कारोबार रकमका आधारमा बिहीबार बैंक अफ काठमाण्डूको १४ करोड ७६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
बैंक अफ काठमाण्डुले १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु त्यसतर्फ आकर्षित भएका हुन् ।








प्रतिक्रिया राख्नुहोस्