पाल्पामा थप छ जनामा कोरोना सङक्रमण पुष्टि

पाल्पा । पाल्पामा बिहिबार छ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ ।सङ्ंक्रमित हुनेहरुमा माथागढी गाउँपालिका, तानसेन नगरपालिका र रिब्दिकोट गाउँपालिकाका दुई/दुई जना रहेका छन ।
जसमा माथागढीका एक महिला र एक पुरुष तानसेनका दुई महिला र रिब्दिकोटका दुई पुरुष रहेका छन । सबै समुदायस्तरका रहेको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
योसहित कोरोना सङ्क्रमितको कुल संख्या सात सय ४९ पुगेको छ । सङ्क्रमितमध्ये छ सय ७७ जना निको भएर घर फर्किएका छन भने, चार जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
जिल्लामा अहिलेसम्म १८ जना स्वास्थ्यकर्मी सङ्क्रमण देखिइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्