तपाईँ सुन्दै हुनुहुन्छः

महिनाबारी भएको बेला पनि पठन पाठनलाई निरन्तरता राख्न प्याड हस्तान्तरण

लहान । किशोरी बालिकाहरु महिनावारी भएको बेलामा पनि स्कूल आउने वातावरण बनाउने उद्देश्यले सिरहाको धनगढीमाई नगरपालिकाले ९० कार्टुन सेनिटरी प्याड हस्तान्तरण गरेको छ । झण्डै एक लाख ५० हजार थान प्याड रहेको उक्त कार्टुन नगरक्षेत्र भित्रका तेह्र वटा सामुदायिक विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

महिनावारी भएको वेला छात्राहरु स्कूलमा नआउने र पढाईमा रुचि नदेखाउने समस्यालाई न्यूनीकरण गर्न नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाबाट उक्त परिणामको सेनिटरी प्याड विद्यालयलाई हस्तान्तरण गरिएको नगरप्रमुख हरिनारायण चौधरीले वताउनुभयो ।

नगरबाट हस्तान्तरित सेनिटरी प्याड वितरण प्रणालीलाई प्रभावकारी बनाउन प्रत्येक विद्यालयमा फोकल शिक्षिका तोकिएको छ । नगरमा अझै सेनेटरी प्याडहरु मौजदात रहेकोले खपतको आधारमा माग गर्ने विद्यालयलाई जुनसुकै बेला थप प्याड हस्तान्तरण गरिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाईंले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button