भेरी अस्पतालका चिकित्सकसहित एकैदिन कोरोनाबाट तीन जनाको मृत्यु

बाँके । कोरोना संक्रमित भेरी अस्पताल नेपालगन्जका वरिष्ठ चिकित्सकको मृत्यु भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गका अनुसार कोरोना संक्रमित भेरी अस्पताल नेपालगन्जका वरिष्ठ चिकित्सकको मृत्यु भएको हो ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै यसको पुष्टि गर्नुभएको हो । उहाँका अनुसार कोरोना पोजेटिभ भेरी अस्पतालका वरिष्ठ चिकित्सक भेरीको आइसोलेसनमा उपचाररत रहँदा असोज १५ गते बिहीबार दिउँसो मृत्यु भएको हो ।
यसअघि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेमा अनुसार बाँकेमा कोरोना संक्रमित थप दुईजनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का ५२ वर्षीय पुरुष र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत भेरीगंगा नगरपालिका वडा नम्बर ५ सुर्खेत की ७५ वषर््ीाया महिलको मृत्यु भएको हो ।
केन्द्रले जारी गरेको सूचनामा नेपालगन्ज ४ का ५२ वर्षीय पुरुषको स्वास्थ्य समस्या आएपछि असोज १० गते स्वाब परीक्षण गरिएको थियो । असोज १२ गते आएको रिर्पोटमा कोरोना पोजेटिभ पाइएपछि आइसोलेसन वार्डमा राखि उपचार गर्दा असोज १५ गते विहान ५ः २० बजे मृत्यु भएको केन्द्रले जनाएकोछ ।
दुबै साईडको फोक्सोको निमोनियाबाट ग्रसित कोरोना संक्रमितको उपचारका लागि रोगको प्रकृती अनुसार सम्पूर्ण पद्धति अपनाउदा समेत ५२ वर्षीय पुरुषलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । योसगैं बाँकेमा कोरोना संक्रमित मृतक संख्या १८ पुगेको छ ।
जसमा नेपालगन्ज उपमहानगरपालिकामा मात्रै १४ जनाले ज्यान गुमाइसकेका छन् । यसअघि हिजो बुधबार मात्रै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ की ३५ वर्षीया महिलाको मृत्यु भएको थियो । यस्तै आज (बिहीबार) मात्रै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भेरीगंगा नगरपालिका वडा नम्बर ५, सुर्खेतकी ७५ वर्षीया महिलाको उपचारका लागि लगिदै गर्दा क्रममा राती १ बजे मृत्यु भएको केन्द्रले जनाएकोछ ।
केन्द्रद्वारा जारी रिर्पोटमा कोरोना संक्रमण आशंकामा ती महिलाको असोज ६ गते स्वाब परीक्षणका लागि संकलन गरिएको थियो । असोज ८ गते आएको रिर्पोटमा कोरोना पोजेटिभ पाइएकी ती महिलामा पित्त थैलीको समस्या समेत रहेको पाइएको छ । ७५ वर्षीया ती महिला केही समय पहिले दुर्घटनामा परि हाड भाँचिएको समस्याबाट ग्रसित समेत भइ लामो समयदेखि मृगौला पीडित समेत रहेकी महिलाले डाईलाईसिस गराइरहेको पाइएको छ । योसगैं बाँकेमा बाहिरी जिल्लाबाट उपचारका क्रममा मृत्यु हुनेको संख्या ८ पुगेकोे छ ।








प्रतिक्रिया राख्नुहोस्