तपाईँ सुन्दै हुनुहुन्छः

ललितपुरमा कोरिडोर निर्माणले तीव्रता

ललितपुर । ललितपुर जिल्लामा कोरिडोर निर्माणले तीव्रता पाएको छ ।
टेन्डर प्रक्रिया र ठेक्का पट्टाका कारण लामो समयसम्म रोकिएको विभिन्न नदी कोरिडोरको  शिलान्यास र निर्माण सुरु भएको हो ।
यसैबीच, बुधवार  ललितपुर क्षेत्र ३ बाट प्रतिनिधिसभा सांसद तथा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य पम्फा भुषालले कर्मनासा खोला कोरिडोरको शिलान्यास गर्नु भएको छ ।
यस बाहेक, नख्खु खोला कोरिडोर सडक निर्माणको  काम पनि सुरु भइसकेको छ । गत निर्वाचनमा आफूले मतदाता समक्ष दिएको १५ बुँदे प्रतिबद्धता अन्तर्गत  नदी कोरिडोरमा सडक निर्माण अघि सारिएको भुषालले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button