जिपबाट खसेर गम्भीर घाइते भएका बुढाको निधन

बाजुरा । साँफे मार्तडी सडकखण्डको रापकमा बुधबार जीपबाट खसेर गम्भीर घाइते भएका करे बुढाको मृत्यु भएको छ ।
त्रिवेणी नगरपालिका–५ तोलीका ३५ वर्षीय करे बुढाको उपचारका लागि धनगढी लैजाँदै गर्दा डोटीमा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक लोकेन्द्रसिंह का अनुसार बडीमालिका नगरपालिका–६ जडाङ्गाबाट मार्तडी आउँदै गरेको से १ ज ११४७ नम्बरको जिपमा बसेका बुढा खसेर घाइते भएका थिए ।
घाइते भएका बुढाको जिल्ला अस्पताल बाजुरामा उपचार हुन नसकी धनगढी रिफर गरिएको थियो । घाइते बुढाको टाउको र दुवै हातमा चोट लागेको थियो।








प्रतिक्रिया राख्नुहोस्