तपाईँ सुन्दै हुनुहुन्छः

पौडीबाज शाक्य कोरोना संक्रमणमुक्त

काठमाडौं । ओलम्पियन पौडीबाज नयना शाक्य कोरोना भाईरसको संक्रमणबाट मुक्त भएकी छिन् ।

नयनासँगै उनका श्रीमान तथा पूर्व बास्केटबल खेलाडी विकास शाही पनि कोरोना मुक्त भएका छन् । आठौं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण विजेता नयनाले सामाजिक सञ्जाल फेसबुकबाट आफुहरुले कोरोनालाई जित्न सफल भएको बताएकी छिन् ।

कोरोना संक्रमण देखिएको १६ दिनपछि उनीहरु कोरोना मुक्त भएका हुन् । कोरोना देखिएपछि उनीहरु आईसोलेसनमा बसेका थिए । आफ्नो घरमा रहेको एक स्टोरका सञ्चालकलाई कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसीङमा उनीहरुलाई कोरोना देखिएको थियो ।

नयनाले सन् १९९९ मा नेपालमै भएको सागमा स्वर्ण जितेकी थिइन् । यस्तै नयनाले २००४ को एथेन्स ओलम्पिकमा सहभागिता जनाएकी थिइन् । उनी १३ औं सागमा पौडी प्रशिक्षक रहेकी थिइन् ।

यस्तै विकास १३ औं सागमा नेपालको महिला टिमले रजत पदक जित्दा प्रशिक्षक रहेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button