तपाईँ सुन्दै हुनुहुन्छः

क्यानका शीर्ष पदाधिकारीलाई कोरोना पोजेटिभ

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका शिर्ष पदाधिकारीलाई कोरोना पोजेटिभ देखिएको छ ।

असोज ६ गते चितवनमा कार्यसमितिको बैठक सकेर काठमाडौं आएका उनीहरूको स्वास्थ्य अवस्था नराम्रो भएपछि कोरोनाको परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ । उनीहरु काठमाडौंको एक होटेलमा क्वारेन्टिनमा रहेका छन ।

कोरोना देखिएपछि क्यानका कर्मचारीलाई क्वारेन्टिनमा बस्न भनिएको छ । कन्ट्याक्टमा आएका सबैलाई क्वारेन्टिनमा बस्न भनिसकिएको छ । यसका साथै केही समयका लागि क्यानको कार्यालय पनि बन्द गरिएको छ ।

क्यानका शीर्ष पदाधिकारीलाई कोरोना देखिएपछि अरु पदाधिकारी र कर्मचारीलाई सावधानी अपनाउन भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button