तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा एक जनाको मृत्यु

बारा । बारामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका १ स्थित सडकमा ना.६ त ८२८३ नम्बरको ट्याक्टरले ना.६२ प ८३८ नम्बरको स्कुटरलाई राति ठक्कर दिँदा जीतपुरसिमरा उपमहानगरपालिका वडा नंं. १ बस्ने वर्ष १९ का रोहन श्रेष्ठको मृत्यु भएको हो ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका स्कुटी चालकको सिमरास्थित अल्पाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले दुर्घटनाका बारेमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button