पप्पु कन्ट्रक्सनको लापरवाहीको कारण स्थानिय आक्रोशित
वीरगञ्ज । हुलाकी सडक योजना अन्तरगत वीरगञ्ज ठोरी सडक खण्ड मध्ये ३० किलोमिटर सडक निर्माणको जिम्मा लिएको पप्पु कन्ट्रक्सनले गुणस्तरहीन काम गरेको स्थानिय बासिन्दाले आरोप लगाएका छन् ।
वीरगञ्जको लक्ष्मणवाचौक देखी जिराभवानीको चमरीटोलसम्म ३० किलोमिटर सडक बिस्तार गर्न जिम्मा पाएको पप्पु कन्ट्रक्सनले सडक बिग्रिएको स्थानमा काम नगरी राम्रो कालोपत्रे सडकलाई भत्काएर छाडेकाले ठेकेदारको चरम लापरवाही भएको भन्दै स्थानिय बासिन्दा आक्रोशित भएका छन् ।
हुलाकी सडक योजना अन्तरगत पर्साको बहुवर्वाभाटा देखी चमरी खोलासम्म निर्माणाधीन अवस्थामा रहेको सडकको स्तरउन्न्ती नगरी वीरगज पोखरिया सडक खण्ड मध्ये बहुवर्वाभाटा देखी तिवाले पुलसम्मको गुणस्तरिय कालोपत्र भत्काएर पुन कालोपत्र गर्न लागेको देखेर स्थानियहरु आक्रोशित भएका हुन ।
पप्पु कन्ट्रक्सनले अहिले भत्काएकोे कालोपत्र २०७४ सालमा सडक विभागलाई हस्तारण भएको थियो । सडक नबनेको ठाउँमा बाटो बनाउनुको साटो राम्रो सडकलाई भत्काएर धुलाम्य बनाईएको छ ।
पप्पु कन्ट्रकसले गलत प्रक्रिया अपनाई बाटो निर्माण गरिहेको बिन्दावासीका स्थनिय युवा नेता नरेश गुप्ताले बताउनुभयो । बनेको सडक भत्काएर विजोग बनाएको तर हुलाकी सडकखण्ड अन्तरगत जिर्ण अवस्थामा रहेको सडकतर्फ भने पप्पुले ध्यान नदिएको गुप्ताले बताउनुभयो ।
पप्पुले जिम्मा पाएको तिलावे नदीको पुल ७ बर्ष वितिसक्दा पनि बन्न नसक्दा जनताले सास्ती खेपेका छन् । अहिले भएको स्तरीय कालोपत्रे सडक समेत भत्काएर विजोग बनाएको स्थानिय वासिन्दाले आरोप लगाएका छन ।
गत बर्ष असाढ मसान्तमा लक्ष्मणवा चोकदेखी रामगढवासम्म पप्पुले पिचमाथी पिच गरेको कारण सिर्सिया खोला नजिकै ५ सय मिटर कालोपत्र भत्किएर जिर्ण भएको छ ।
यस विषयमा हुलाकी सडका भारतीय कन्सलटेन्ट बप्पुन बोहरासँग सम्पर्क गर्दा हुलाकी सडक निर्माणका लागी पपु कन्ट्रक्सनले २०७२ सालमा लिएको अन्तिम म्याद २०७७ पुष १३ सम्म रहेको र सो अवधिमा सडक निर्माण सम्पन्न गर्ने लक्षण देखिएको छैन ।
भारतीय कन्सलटेन्ट बोहराको अनुसार ५ बर्षमा पप्पु कन्ट्रकसनले ३० प्रतिशत काम गरेको बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्