तपाईँ सुन्दै हुनुहुन्छः

नोबेल अस्पतालमा उपचाररत थप एक कोरोना सङ्क्रमितको मृत्यु

सुनसरी । नोबेल अस्पताल विराटनगरमा उपचाररत कोरोना सङ्क्रमित एक पुरुषको आज मृत्यु भएको छ ।
भेन्टिलेटरमा उपचाररत सुनसरीको हरिनगरा–२ का ५० वर्षीय पुरुषको उपचारकै क्रममा आज मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिनुभयो ।

श्वास फेर्न गाह्रो भएको भन्दै उनलाई उपचारका लागि असोज ९ गते अस्पतालको फोक्सो वार्डमा भर्ना गरिएको थियो । चिन्ताजनक अवस्थामा अस्पताल भर्ना भएका पुरुषको स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा सोमबार रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पुष्टि भएपछि नोबेलकै कोभिड अस्पतालको भेन्टिलेटरमा राखेर उपचार थालिए पनि सङ्क्रमितलाई बचाउन नसकिएको जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button