वीपी प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु

सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
राजविराज–४ सप्तरीका ३९ बर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिनुभयो ।
उहाँलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएपछि असोज १० गते गोल्डेन हस्पिटल विराट नगरबाट वीपी प्रतिष्ठानमा रिफर गरिएको थियो ।
प्रतिष्ठानमा भेन्टिलेटरमा राखेर उपचारको क्रममा बुधबार बिहान ३ः१० बजे उहाँको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मृतकलाई दीर्घ रोग उच्चक्तचाप, मधुमेह, मृगौलाको दिर्घकालिन समस्या भएर डाइलाइसिस हुने गरेको प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्