तपाईँ सुन्दै हुनुहुन्छः

भन्सार छली ल्याइएका सामान प्रहरीद्वारा बरामद

कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिका भित्र भन्सार छली ल्याइएका सामान पुनर्वास प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको संयुक्त प्रहरी टोलीले पुनर्वास नगरपालिका वडा नम्बर ३ आइबिआरडी बजारमा रहेको पुर्णागिरी हार्डवेयरको गोदामबाट भारतीय बजार बसही हुँदै गएराती भन्सार छली ल्याइएका २२ थान ईलेक्ट्रोनिक मदानी मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।

सामान बरामद पछि पसल सञ्चालक ४० वर्षीय भिम प्रसाद सापकोटालार्ई समेत प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले जानकारी दिनुभयो ।

त्यस्तै, सीमावर्ती भारतीय बजारबाट भन्सार छली भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नेपाल भित्र्याइएका ६७ हजार मुल्य बराबरका बिजुलीका सामान सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

युपी ३१ एभि ४०९३ नम्बरको भारतीय मोटरसाइकल प्रयोग गरी अबैध बिजुलीका सामान ल्यााउँदै गरेको भन्ने सुचनाका आधारमा पुनर्वास नगरपालिका वडा नम्बर २ बस्ने ४९ वर्षीय धन बहादुर चन्दलाई प्रहरीले सामान सहित पक्राउ गरेको हो ।

अलगअलग ठाउँबाट बरामद गरिएका सामानसहित पक्राउ परेका दुबै जनालाई त्रिनगर भन्सार कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक विष्टले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button