तपाईँ सुन्दै हुनुहुन्छः

माटोको ढिस्कोले पुर्दा एकजनाको मृत्यु, दुई घाईते

स्याङ्जा । वालिङ नगरपालिका ११ पेखुमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । गिट्टी निकाल्न गएका वालिङ ११ का ३९ वर्षीय दुर्गा थापाको मृत्य भएको हो ।

स्थानीय तीन जना मध्ये माटोको ढिस्कोले पुरिएर घाईते भएकोमा एक जनाको उपचारका क्रममा मृत्यु भएको हो भने दुई जना घाईते भएका हुन् । सोही वडाका बर्ष ३५ की मुना थापा र बर्ष ३१ नारायणी सिंजाली घाईते हुनुभएको छ ।

घाईतको वालिङ स्थित प्रथामिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको वडा अध्यक्ष बसन्तकुमार मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button