अर्मेनिया र अजरबैजान युद्धमा हालसम्म ८० को मृत्यु
येरेभान/बाकु: दक्षिण पूर्वी युरोपेली मुलुकहरु अर्मेनिया र अजरबैजानबीच सीमा क्षेत्रमा हिजो दोस्रो दिन पनि भीषण युद्ध भएको छ ।
पहाडी क्षेत्र नागोर्नो– काराबाखलाई लिएर दुई देशबीच भएको युद्धमा हालसम्म ८० जनाको मृत्यु भइसकेको छ ।
दु्ई देशको भिडन्तमा हिजो एक दिनमै २६ जनाको मृत्यु भएको, अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
नागोरनो– काराबाख हाल अजरबैजानमा परे पनी यहाँका बासिन्दा जातीयरुपमा अरमेनियन रहेको र त्यसका कारण दुई देशबीच सन् ११९२ मा पनि युद्ध भएको थियो ।
सन् १९९२ देखि १९९६ सम्म चलेको युद्धमा दशौं हजारको मृत्यु भएको थियो भने दशौं लाख विस्थापित भएका थिए ।








प्रतिक्रिया राख्नुहोस्