बाल यौन दुर्व्यवहार आरोपमा महिला पक्राउ
दैलेख । बाल यौन दुर्व्यवहार आरोपमा एक महिला पक्राउ परेकी छन् । दैलेखको गुराँस गाउँपालिका ८ गर्चाकी २६ वर्षीय महिला बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ परेकी हुन् । यही असोज ९ गते गुराँस गाउँपालिका ८ गर्चाका १३ वर्षीय बालकलाई सोही ठाउँ बस्ने २६ वर्षकी महिलाले बाल यौन दुर्व्यवहार गरेको भन्ने सुचानाको आधारमा जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुप श्रेष्ठले बताउनुभयो ।
बाल यौन दुर्व्यवहार गर्ने महिलालाई बालबालिका सम्बन्धी कसुर (बाल यौन दुर्व्यवहार) शीर्षकमा मुद्दा दर्ता गरी दैलेख जिल्ला अदालत दैलेखबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको दैलेखका प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्