धनकुटा पुन कोरोना संक्रमण शुन्य जिल्ला बन्न सफल
धनकुटा -धनकुटामा रहेको सम्पूर्ण कोरोना संक्रमित संक्रमण मुक्त भएको छ । यो संगै धनकुटा कोरोना संक्रमन शुन्य जिल्ला बोनेको छ । धनकुटामा पिसिआर विधिबाट २ हजार १ ६३ जनाको कोरोना परिक्षण गरेका मध्य ४५ जनाको पोजेटिभ देखिएको थियो । परिक्षण गरिएका मध्य २ हजार १ सय १८ जनाको नेगेभि आएको थियो ।
धनकुटा नगरपालिकाको २ जना र धनकुटा अस्पतालको आइसोलेसनमा उपचरात २ जनाको फलोप परिक्षण गरि ४ जनाको नमुना संकलन गरि कोरोना परिक्षणका लागि जनस्वनस्थ्य प्रयोगशाला विराटनगर पठाइएको थियो ।
उनिहरु ४ जनाको नतिजा आज नेगिटिभ प्राप्त भएको जिल्ला स्जवस्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाइले बताउनु भयो । यस अघि संक्रमित ४३ जना कोरोना निकोभएर अस्पताल बाट फर्किसकेकाछन् । आज दुइजना निको भए संगै जिल्लामा कोरोना बाट निकोहुनेको संख्या ४५ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्