तपाईँ सुन्दै हुनुहुन्छः

लगानीका लागि बाधक कानुनहरु एकीकृत संशोधनको तयारी

काठमाडौं । सरकारले नेपालमा लगानीका लागि बाधक रहेका र बाझिएका विद्यमान कानुनहरुमा एकीकृत रुपमा संशोधन गर्ने तयारी अघि बढाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रि लेखराज भट्टको अध्यतामा बसेको औद्योगिक तथा लगानी प्रर्वद्धन बोर्डको बैठकले केही नेपाल ऐन संशोधन गर्ने निर्णय गरेको हो ।

बैठकले विभिन्न मन्त्रालय अन्र्तगतका ऐन कानुनहरुमा भएका लगानीलाई बाधा पुर्याउने व्यवस्थाहरुको अध्ययन गरी संशोधनको लागि मस्यौदा विधेयक निर्माण गर्न मन्त्रालयको औद्योगिक तथा लगानी प्रर्वद्धन शाखाका प्रमुख सहसचिव डा नारायणप्रसाद रेग्मीकोे संयोजकत्वमा एक समिति गठन गरेको छ ।

समितिले विभिन्न मन्त्रालयमा रहेका नेपालमा आन्तरिक तथा बाह्य लगानीलाई बाधा पुर्याउने व्यवथाहरुको अध्ययन शुरु गरेको जनाएको छ ।

नेपालको निजी क्षेत्रले विद्यमान धेरै कानुनहरुमा अहिले पनि लगानीलाई बाधा पुग्ने व्यवस्थाहरु रहेकोले त्यसलाई संशोधन गरी समयानुकुल बनाउन सरकारलाई आग्रह गर्दै आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button