नोबेल अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
सुनसरी । विराटनगरस्थित नोबेल अस्पतालको आइसोलेसनमा उपचाररत १ कोरोना संक्रमितको मृत्यु भएको छ ।
झापाको गौरादहका ५२ वर्षीय पुरुषको सोमबार (आज) मृत्यु भएको हो ।
मधुमेह र उच्च रक्तचापले पीडित उनलाई ज्वरो, खोकी लागेपछि उपचारका लागि असोज ३ गते अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पताल भर्ना भएपछि उनको संकलन गरिएको स्वाबको असोज ६ गते रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्