बाँकेमा जाजरकोटकी कोरोना संक्रमित महिलाको मृत्यु
नेपालगञ्ज । बाँकेमा आज जाजरकोटकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
जुनीजाँदे गाउँपालिका वडा नम्बर ५ गर्खाकोटकी ७६ वर्षीया महिलाको आज दिउँसो सवा २ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पुग्नै लाग्दा हृदयघात भई मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
कोभिडको आशंकामा असोज ५ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट स्वाब संकलन गरी परिक्षण गर्दा ६ गते उनमा कोरोना पुष्टि भएको थियो ।
ती महिलाले विगत केही समयदेखि पित्तथैलीको उपचार गराइरहेकी थिइन् । मेडिकल कलेज कोहलपुरको आइसोलेसनमा उपचारका लागि आज दिउँसो लैजाने क्रममा अस्पताल पुग्नै लाग्दा अकस्मात हृदयघात भएर मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
यो संगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्