तपाईँ सुन्दै हुनुहुन्छः

वडाअध्यक्षको परिवारलाई बीमाले दियो २० लाख मृत्यु दाबी भुक्तानी

सोलुखुम्बु । एक साता अघि मृत्यू हुनुभएका सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका–६ का वडा अध्यक्ष निमराज तामाङको परिवारलाई बीमा कम्पनीले मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।

आफ्नै घर परिसरमा रहेको सल्लेरी च्याल्सा विद्युत् कम्पनीको हाइटेन्सन लाइनबाट करेन्ट लागेर मृत्यू हुनुभएका तामाङलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको श्रीमती सीताकुमारी तामाङलाई मृत्यू दाबी रकम प्रदान गरेको हो ।

बीमा कम्पनीको सोलुखुम्बु शाखा प्रबन्धक प्रकाश कार्कीले मृतकले एक वर्षअघि मात्र १० लाख रुपियाँको दोहोरो दुर्घटना लाभको बीमा गरेकाले मृत्यपश्चात हाल परिवारलाई २० लाख ७२ हजार रुपियाँ हस्तान्तरण गरिएको बताउनुभयो ।

उक्त रकमको चेक सोलुखुम्बुका संघीय सांसद हेमकुमार राईले हस्तान्तरण गर्नुभएको हो । त्यस क्रममा प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, जिल्ला समन्वय समिति संयोजक विरकुमार राई, उपसंयोजक धर्म वन, नेकपा सोलुका अध्यक्ष मानविर राईलगायतको उपस्थिति रहेको थियो ।

३९ वर्षिय तामाङ तत्कालीन एमालेबाट गएको स्थानीय तहको निार्वचनमा वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button