तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरको सदरमुकाम फिदिम बजारमा सड्क बिस्तार हुने

पाँचथर-पाँचथरको सदरमुकाम फिदिममा सवारी चाप बढ्दै गएर भीड बढ्न थाले पछि सदरमुकाम फिदिमको मेची राजमार्गमा पर्ने सड्क बिस्तार हुने भएको छ ।

फिदिम नगरपालिकाको आयोजनामा हिजो भौतिक पुर्वाधार तथा यातायात एबं शहरी बिकास मन्त्री बसन्तकुमार नेम्बाङ , सडक डिभिजन कार्यालयका प्रबिधिक टोली र स्थानीय बजारका सरोकारवालसहितको आइतबार हिजो बसेको बैठकले सो निर्णय गरेको हो ।

हाल नौ मिटरमा सञ्चालन रहेको सो सडक थप ६ मिटर बिस्तार गरी सड्कको भाग कम्तिमा १५ मिटरको बाटो, र सेट व्याक (पुटपाथ ) बनाउने बैठकमा सहमती भएको हो । सडकको केन्द्र रेखाबाट दायाँ बायाँ कम्तीमा साढ सात मिटरभित्र निर्माण भएका संरचना हटाउन सूचना जारी गर्ने बैठकले निर्णय गरेको फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीले बताउनुभएको छ ।

सोही निर्णय बमोजिम सडक डिभिजन कार्यालयले सूचना जारी गर्ने भएको हो ।सडक सो सडक मर्मत तथा बिस्तारको लागि भौतिक योजना तथा निर्माण मन्त्रालयले अढाइ करोड रुपैयाँ बिनियोजन भइसकेको र थप रकम व्यवस्थापन गरिने भौतिक योजना मन्त्री नेम्बाङले बैठकमा बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button