अर्धनग्न अवस्थामा बैतडीमा महिलाको शव भेटियो
बैतडी -अर्धनग्न अवस्थामा बैतडीमा एक महिलाको शव फेला परेको छ । हिजो दिउँसो दशरथचन्द नगरपालिका ६ सेरानजिक चौलानी नदी किनारमा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो ।
मृतक महिलाको परिचय खुल्न नसकेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो । स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अन्दाजी एक हप्ता अगाडी महिलाको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
अर्धनग्न अवस्थामा शब भेटिएकी महिलाको शरिरमा घाउहरु रहेका छन् । ती महिलाको चौलानी नदीमा बगेर मृत्यु भयो कि कसरी भयो भन्ने खुल्न सकेको छैन् । प्रहरी निरीक्षक चन्दले शव सड्न लागेको अवस्थामा रहेको बताउनुभयो । शरिरको माथिल्लो भागमा रातो बुट्टा भएको सुट र घाँटीमा रातो पोते लगाएको छ ।
मृतकको शव जिल्ला अस्पतालको शव परीक्षण गृहमा राखिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्