तपाईँ सुन्दै हुनुहुन्छः

झापाको कन्काईमा कोरोना सङक्रमित एक पुरुषको मत्यु

झापा । कोरोना सङ्क्रमणका कारण झापाको कनकाई–९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

शनिवार राति कोभिड हस्पिटल विराटनगरमा कनकाईका ती पुरुषको मृत्यु भएको कनकाई नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । ती व्यक्ति उच्च रक्तचाप र मधुमेहका विरामी थिए ।

आइतवार कनकाई घाटमा परिवारको उपस्थितिमा मृतकको दाहसंस्कार हुने भएको छ ।

योसँगै झापामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ भने कनकाईमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या दुुई पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button