गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना सङ्क्रमण

पर्वत । गण्डकी प्रदेशमा आज थप ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको कोरोना परिक्षणमा चार जिल्लाका ५८ जना पुरुष र १३ जना महिलामा सङ्क्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङका ३१ जना, कास्कीका २१ जना, लमजुङका १६ जना र नवलपरासी बर्दघाट सुस्ता पूर्वका तीन जना सङ्क्रमित भएका हुन् ।
योसम्गै गण्डकीमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या तीन हजार सात सय ७४ पुगेको छ ।










प्रतिक्रिया राख्नुहोस्