रेडियो नेपालको अंग्रेजी समाचारको शैली सुधार कार्यशाला सुरु

काठमाडौं । रेडियो नेपालको अंग्रेजी समाचार सुधार तथा शैली निर्धारण सम्बन्धी ६ दिने कार्यशाला आजदेखि रेडियो नेपालको केन्द्रिय प्रशारण केन्द्र काठमाडौंमा सुरु भएको छ ।
कार्यशालालाई सम्बोधन गर्नुहुंदै रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले जनशक्तिको क्षमता विकासले संस्थाको ख्याती बढ्ने हुनाले कार्यशालाले रेडियो नेपालको अंग्रजी समाचारको गुणस्तरीयता बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सचिव बस्यालले रेडियो नेपालले निजी क्षेत्रका सञ्चार माध्यमहरुसंग प्रतिस्पर्धा गर्नुपर्ने भएकोले पनि रेडियो नेपालका समाचार तथा कार्यक्रमहरुको स्तर विकास गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले श्रोताहरुको सुझावलाई मनन् गर्दै अंग्रेजी समाचारको स्तरीयता र लोकप्रियता कायम राख्न कार्यशाला महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

रेडियो नेपालमा करिब १५ वर्ष अंग्रेजी समाचार सम्पादान र बाचन गर्नुभएका पत्रकार सुदर्शन श्रेष्ठले कार्यशालाका सहभागीहरुलाई प्रशिक्षण दिनुहुनेछ ।









प्रतिक्रिया राख्नुहोस्