तपाईँ सुन्दै हुनुहुन्छः

सेनाको कुटपिटबाट घाइते बालकको अवस्था गम्भीर

कञ्चनपुर । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका ९ स्थित बैजनाथ मध्यवर्ती सामुदायिक वनबाट पक्राउ परेका एक बालक सेनाको  कुटाईका कारण अवस्था गम्भीर वनेको छ । शुक्लाफाँट राष्ट्रिय निकुञ्ज र सेना सहितले ती १२ वर्षे बालक र स्थानीयलाई गत मङ्गलवार राति सामुदायीक वन क्षेत्रबाट काठ तस्करी गरिरहेको अवस्थामा  पक्राउ गरेको थियो ।

सेनाको कुटपिटबाट ती बालकको मुटु र कलेजको चोट लागेको देखिएको अवस्था गम्भीर मोडमा पुगेको छ । खाना खान र सुत्न समेत नसक्ने अवस्थाका पुगेका उनको मानसिक सन्तुलनमा समेत असर परेको उनको परिवारको भनाई छ ।

गाउँका स्थानीयसँगै मासु खान भनेर वनभित्र पसेका उनलाई पक्राउ गरी सेनाले बुटले प्रहार गरेको उनको परिवारको भनाई छ । सेनाको कुटपिटबाट घाइते भएपछि महाकाली अस्पतालमा भर्ना भएका उनलाई नेपालगन्ज रिफर गरिएको छ ।

ती  बालकका अभिभावक गणेश दत्त अवस्थीले सेनाले कानुन अनुसार कारबाही गर्नु पर्नेमा कुटपिट गर्न नहुने बताएका छन् ।

ती बालक सहित करण बहादुर ऐर, प्रेम चन्द, सञ्जय चन्द, जनक राज अवस्थी, कालु राम चौधरी र देव सिंह चौधरीलाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको छ । शुक्लाफाँट राष्ट्रिय निकुञ्जका कार्यालयका प्रमुख संरक्षण अधिकृत लक्ष्मण प्रसाद पौडेलले बालक कुटपिटबारे अनुसन्धान गरिने बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button