तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

फाइल तस्बिर

नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ९ बाँकेगाउँका ४७ बर्षीय पुरुषको आज विहान नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

मधुमेहका विरामी उनमा भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या आएपछि भदौ ३१ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका उनको दुवै फोक्सोमा निमोनिया भएको थियो ।

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि प्लाज्मा थेरापीका साथै रेम्डीसिभिर दिएर उपचार गर्दा समेत सुधार नभएपछि आज विहान ५ बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । उनी नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जको प्रशासनिक कर्मचारी रहेको श्रेष्ठले जानकारी दिनुभयो ।

यो संगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । नेपालगञ्जमा मात्रै ९ जनाको मृत्यु भएको छ भने नरैनापुर, बैजनाथ र कोहलपुरका १/१ जनाको मृत्यु भएको छ । सुर्खेत घर भई नेपालगञ्ज कारागारमा रहेका एक जनाको पनि कोरोनाबाट मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button