तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाभाइरस विरुद्धको प्रतिबन्धहरुको पालना नगरे ठूलो क्षति हुने : स्पेनी स्वास्थ्यमन्त्री

म्याड्रिड: स्पेन सरकारले राजधानी म्याड्रिडका जनताले कोरोनाभाइरस विरुद्धको प्रतिबन्धहरुको पालना नगरे सहरले ठूलो क्षति व्यहोर्न सक्ने चेतावनी दिएको छ ।

कोरोना भाइरसको संक्रमण बढेपछि म्याड्रिडको सामाजिक दुरी सहित विभिन्न प्रतिबन्धहरु केही समयका लागि थप गरिए पनि पूर्ण लगाउन भने लागु गरिएको छैन ।

यसैबीच, स्पेनका स्वास्थ्यमन्त्री साल्भाडोर इयाले हाल लागू गरिएको प्रतिबन्धहरु पर्याप्त नभएको बताउनुभएको छ ।

स्थानीय सरकारलाई लकडाउन लागू गर्न आह्वान गर्नु हुँदै, स्वास्थ्य मन्त्री इयाले जनताको जिवन र स्वास्थ्यलाई सर्वाेपरी राख्नुपर्ने बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button