तपाईँ सुन्दै हुनुहुन्छः

धान बचाउन किसानहरु खेतमै जाग्राम बस्दै

धनगढी । जङ्गली बँदेलले खेतमा पाक्न लागेको धानबालीमा क्षति पुर्याउन थालेपछि धनगढी उपमहानगरपालिका–३ का स्थानीय किसान धानबाली बचाउन रातभर खेतमै जाग्राम बस्ने गरेका छन् ।

पाक्नै लागेको धानबाली बचाउनका लागि यहाँका कृषक रातिराति थाल बजाउने, होहल्ला गर्ने, टर्चलाइट बाल्ने, बिजुलीको तार तानेर खेतमा बत्ती बाल्ने, चौकीदारी गर्ने, भैँसीको घाटीमा लगाउने घाँडो बजाउने, खेतमै जाग्राम बस्ने लगायत क्रियाकलाप गर्ने गरेको डिलासैनी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दानबहादुर विष्टले जानकारी दिनुभयो ।

ठूलो मिहिनेत र लगानीबाट वर्षभरि खान पुग्नका लागि उब्जाएको धानबाली जनावरले खाई दिनाले परिवार पाल्न समेत अप्ठ्यारो हुने अर्का किसान कमलराज जोसीले चिन्ता व्यक्त गर्नुभयो ।

त्यस क्षेत्रमा विसं २०७३ देखि नै जङ्गली जनावरले किसानले लगाएको अन्नबालीमा क्षति पुर्याउँदै आएको छ । धानबालीमा मात्रै नभई गहुँ बालीमा बँदेल, निलगाई, बाँदर लगायत जनावरले क्षति पुर्याउने गरेकोले धनगढी उपमहानगरपालिका र प्रदेश सरकारलाई समाधानका लागि सिफारिस पठाएको तर अहिलेसम्म कही कतैबाट कुनै सुनुवाइ नभएको गुनासो किसानहरको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button