तपाईँ सुन्दै हुनुहुन्छः

पाकिस्तानका लागि पूर्वराजदूत राजभण्डारीको निधन

काठमाडौँ – पाकिस्तानका लागि पूर्वराजदूत पुष्करमान सिंह राजभण्डारीको निधन भएको छ । ललित योग फाउण्डेशनका अध्यक्षसमेत रहनुभएका पूर्वराजदूत राजभण्डारीको उपचारका क्रममा शुक्रबार राति निधन भएको हो ।

उहाँले पाकिस्तान, थाइल्याण्ड, चीन र रसियालगायत मुलुकमा कूटनीतिज्ञको भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले शुरुआती चरणमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को प्रवक्ताका रुपमा पनि काम गर्नुभएको थियो ।

राजदूत राजभण्डारीले संयुक्त राष्ट्र सङ्घको विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो । उहाँले केही समय द राइजिङ नेपालमा अङ्ग्रेजी दैनिकमा पनि काम गर्नुभएको थियो । उहाँले गोरखा दक्षिणबाहुलगायत थुप्रै पदक पाउनु भएको थियो । उहाँका श्रीमती र चार सन्तान हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button