तपाईँ सुन्दै हुनुहुन्छः

चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन : गृहमन्त्री

फाइल तस्बिर

सुर्खेत । गृहमन्त्री रामबहादुर थापाले हिल्सामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताउनु भएको छ । दार्चुलामा नयाँ निर्माण गरिएको सशस्त्र प्रहरीको गण उद्घाटन गरेर आज सुर्खेत आइपुग्नु भएका गृहमन्त्री थापाले परराष्ट्र मन्त्रालयले नै स्पष्ट पारिसकेकाले मिडियामा आएजस्तो गरी नेपाली भूमि चीनले अतिक्रमण नगरेको स्पष्ट पार्नुभयो ।

उहाँले देशभरमा बाढीपहिरोले मानविय र धनजनको ठूलो क्षती पु¥याएकाले सुरक्षित आवास निर्माण गर्न सरकारले गृहकार्य शुरु गरिसकेको जानकारी दिनुभयो । कुन ठाउँ बढी जोखिम छ र कस्तो ठाउँमा बस्ती बसाल्दा उपयुक्त हुन्छ भन्ने प्रतिवेदनका आधारमा सुरक्षित बस्ती बसाल्ने योजना सरकारले अघि सारेको उहाँको भनाइ थियो ।

पत्रकारहरुले सोधेको एक फरक प्रशंङ्गमा गृहमन्त्री थापाले तत्कालै प्रदेशका मुख्यमन्त्रीहरु परिवर्तन गर्ने बारे पार्टी र सरकारमा कुनै निर्णय नभएको समेत स्पष्ट पार्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button