बाँकेमा थप ५० जना डिष्चार्ज
नेपालगन्ज। बाँकेमा आज थप ५० जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ४ सय ११ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोभिड-१९ फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
बाँकेमा विरामी निको हुने दर ७९.५४ प्रतिशत रहेको छ । अब आइसोलेसनमा ३ सय ५१ जना छन् । बाँकेमा हालसम्म १ हजार ७ सय ७४ जनामा कोरोना पुष्टि हुँदा १२ जनाको भने मृत्युु भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्