तपाईँ सुन्दै हुनुहुन्छः

लागुऔषध सहित ३ जना झापामा पक्राउ

भद्रपुर, झापा- झापाको अर्जुनधारा–११ बसपार्क र बिर्तामोडको भगवानचोक बाट लागुऔषध खैरो हेरोइन ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बिर्तामोड–३ का २४ वर्षीय विशाल राजवंशी र १५ वर्षीय नरप्रसाद राजवंशी रहेका छन् भने विर्तामोड–२ का २२ वर्षीय प्रदीप राजवंशी रहेका छन् ।

बिशाल र नरप्रसाद ११ ग्राम ब्राउनसुगर सहित बसपार्कबाट र प्रदीप १० ग्राम ब्राउनसुगर सहित भगवानचोक बाट बिहीबार राति पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।पक्राउ परेका तिनैजनामाथि इलाका प्रहरी कार्यालय अनारमनी बाट थप अनुसन्धान तथा कानुनी कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button