तपाईँ सुन्दै हुनुहुन्छः

बढ्यो सुनको मूल्य, कति पुग्यो आज ?

काठमाडौँ – आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।बजारमा सुनको मूल्य आज ९३ हजार ९ सय कायम भएको छ । यसअघि मंगलबार १७ सय रुपैयाँ, बुधबार १२ सय रुपैयाँ र बिहीबार पनि १२ सय रुपैयाँले घट्दै सुनको मूल्यमा लगातार ३ दिन गिरावट आएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९३ हजार ९ सयमा कारोबार भइरहेको छ ।यस्तै आज तेजावी सुन तोलामा ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य पनि आज प्रतितोला ४० रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button